कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १२ गते)

  ०७९ वैशाख १२ गते

वैशाख १२ गते १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ४२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ५ सय ४० जना निको भएका छन् । वैशाख १२ गते १७ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।वैशाख १२ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ७१ रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख १२ गते १ हजार १ सय ३३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा दुई जनालाई कोभिड पुष्टि भएको छ । वैशाख १२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ८३ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख १२ गतेसम्म १ करोड ९४ लाख ९४ हजार ४ सय ५३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क