कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ९ गते)

वैशाख ९ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार १ सय ३३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ४ सय ८१ जना निको भएका छन् । वैशाख ९ गते २५ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

वैशाख ९ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख ९ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८२ रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख ९ गते १ हजार ५ सय १८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा नौ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख ९ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ७९ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख ९ गतेसम्म १ करोड ९४ लाख ४७ हजार २ सय ६२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क