कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ७ गते)

  ०७९ वैशाख ७ गते

वैशाख ७ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय २८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ४ सय २४ जना निको भएका छन् । वैशाख ७ गते २५ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

वैशाख ७ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख ७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय १८ रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख ७ गते १ हजार ३ सय ४९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा चार जनालाइ कोभिड पुष्टि भएको छ । वैशाख ७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ६७ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख ७ गतेसम्म १ करोड ९४ लाख ५ हजार ४५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क