कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २८ गते)

चैत २८ गते २२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ९ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ७४ जना निको भएका छन् ।

चैत २८ गते ४६ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २८ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत २८ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६८ रहेको छ ।

मन्त्रालयका अनुसार चैत २८ गते १ हजार १ सय ७२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा कोभिड पुष्टि भएन । चैत २८ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ५० जनालाई कोभिड पुष्टि भएको छ । चैत २८ गतेसम्म १ करोड ९२ लाख ८८ हजार ३ सय ४० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क