कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २४ गते)

चैत २४ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८ सय १९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन् ।

चैत २४ गते २५ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २४ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत २४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ४७ रहेको छ ।

मन्त्रालयका अनुसार चैत २४ गते १ हजार ८ सय ४९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा कोभिड पुष्टि भएन । चैत २४ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ४७ जनालाइ कोभिड पुष्टि भएको छ । चैत २४ गतेसम्म १ करोड ९२ लाख ५३ हजार ८ सय ८४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क