कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १२ गते)
मङ्सिर १२ गते १ हजार ७ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार ४ सय ६० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख १० हजार ६ सय ७१ जना निको भएका छन् । मङ्सिर १२ गते १ हजार २ सय ३६ जना निको भएका छन् भने निको हुनेको दर ९१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १२ गतेसम्म १ हजार ४ सय ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १७ हजार २ सय ३७ जनाको उपचार भइरहेको छ । १० हजार ९ सय ४४ जना होम आइसोलेशनमा छन् भने ३ सय ५४ जनाको उपचार आइसीयूमा र ५४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार वडा कार्यालय नजिकै घर भएका एक पुरुषको कोभिड–१९ को कारण मृत्यु भएपछि म्याग्दे गाउँपालिका–७ को सेवा मङ्सिर १८ गतेसम्मका लागि बन्द गरिएको छ । वडा कार्यालयले एक सूचना प्रकाशन गरी मङ्सिर १२ गतेदेखि १८ गतेसम्म वडा कार्यालयको सेवा बन्द गरिएको वडा अध्यक्ष पद्मराज वाग्लेले बताउनुभयो । मृतकको परिवार र उनका नजिकका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गरेर रिपोर्ट नआउँदासम्म वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार डिलाशैनी गाउँपालिका–३ स्थित एक प्रहरी चौकीमा कार्यरत सबै नौ जना प्रहरीमा कोभिड पुष्टि भएपछि सो चौकी बन्द गरिएको छ । सो प्रहरी चौकीबाट प्रदान गरिने सेवा ठप्प भएको छ । सो चौकीमा कार्यरत सबै प्रहरीमा कोभिड पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोभिड देखिएपछि चौकीलाई नै आइसोलेशनको रुपमा प्रयोग गरिएको उहाँले बताउनुभयो । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८, डिालाशैनी गाउँपालिकामा १०, पुर्चौडी नगरपालिकामा चार र सुर्नया, पञ्चेश्वर र दोगडाकेदारमा एक/एक जना रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…