कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २२ गते)

  ०७८ चैत २२ गते

चैत २२ गते २१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार २ सय ७८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएका छन् ।

चैत २२ गते ५१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २२ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत २२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय १२ रहेको छ ।

मन्त्रालयका अनुसार चैत २२ गते २ हजार ३ सय ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा तीन जनालाई कोभिड पुष्टि भएको छ । चैत २२ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ४४ जनालाइ कोभिड पुष्टि भएको छ । चैत २२ गतेसम्म १ करोड ९२ लाख ७ हजार ६ सय ३२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क