कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २१ गते)

चैत २१ गते ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९ सय ४२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन् ।

चैत २१ गते ८९ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २१ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत २१ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ४२ रहेको छ ।

मन्त्रालयका अनुसार चैत २१ गते २ हजार १ सय ६७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा एक जनालाई कोभिड पुष्टि भएको छ । चैत २१ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ४१ जनालाइ कोभिड पुष्टि भएको छ । चैत २१ गतेसम्म १ करोड ९१ लाख ९५ हजार ९ सय ३० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क