कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २० गते)

चैत २० गते २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ८ सय ४७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ६ सय २५ जना निको भएका छन् ।

चैत २० गते ६६ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २० गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत २० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ९९ रहेको छ ।

मन्त्रालयका अनुसार चैत २० गते १ हजार ६२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा कोभिड पुष्टि भएन । चैत २० गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ४० जनालाइ कोभिड पुष्टि भएको छ । चैत २० गतेसम्म १ करोड ९१ लाख ६५ हजार २ सय ७४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क