कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १८ गते)

चैत १८ गते १६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय १६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ४ सय ६९ जना निको भएका छन् ।

चैत १८ गते ७५ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १८ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १८ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २२ रहेको छ ।

मन्त्रालयका अनुसार चैत १८ गते १ हजार ३ सय १९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनामा कोभिड पुष्टि भएको छ । चैत १८ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ३९ जनालाइ कोभिड पुष्टि भएको छ । चैत १८ गतेसम्म १ करोड ९१ लाख १५ हजार ३ सय ५७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क