कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १७ गते)

चैत १७ गते २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय २३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ३ सय ९४ जना निको भएका छन् ।

चैत १७ गते ८९ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १७ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ८१ रहेको छ ।

मन्त्रालयका अनुसार चैत १७ गते १ हजार ३ सय २८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा एक जनामा कोभिड पुष्टि भएको छ । चैत १७ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ३३ जनालाइ कोभिड पुष्टि भएको छ । चैत १७ गतेसम्म १ करोड ९० लाख ८५ हजार ६ सय ३१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क