कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १५ गते)

चैत १५ गते ३० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ३ सय २२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् ।

चैत १५ गते ८६ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १५ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ९८ रहेको छ ।

मन्त्रालयका अनुसार चैत १५ गते १ हजार १ सय ४९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १२ जनामा कोभिड पुष्टि भएको छ । चैत १५ गतेसम्म एण्टिजेन विधबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ३१ जनालाइ कोभिड पुष्टि भएको छ । चैत १५ गतेसम्म १ करोड ९० लाख १४ हजार २ सय १२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क