कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १४ गते)

  ०७८ चैत १४ गते

चैत १४ गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १ सय ५२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६५ हजार १ सय ४२ जना निको भएका छन् ।

चैत १४ गते ३ सय १९ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १४ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ५४ रहेको छ ।

मन्त्रालयका अनुसार चैत १४ गते १ हजार १ सय ५७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनामा कोभिड पुष्टि भएको छ । चैत १४ गतेसम्म १ करोड ८९ लाख ८७ हजार २ सय २९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क