कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १२ गते)

चैत १२ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय ९६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ६ सय ८ जना निको भएका छन् ।

चैत १२ गते २ सय १० जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १२ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ५८ रहेको छ ।

मन्त्रालयका अनुसार चैत १२ गते ९ सय ५९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा सबै जनाको नतिजा नेगिटभ आएको छ । चैत १२ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ४० हजार १ सय ५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । चैत १२ गतेसम्म १ करोड ८९ लाख १६ हजार ४ सय जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क