कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १० गते)

चैत १० गते ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार २ सय ९७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८ सय ८१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६४ हजार १ सय २७ जना निको भएका छन् ।

चैत १० गते २ सय ६६ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १० गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय १९ रहेको छ ।

मन्त्रालयका अनुसार चैत १० गते १ हजार ३ सय ८७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा तीन जनालाई कोभिड पुष्टि भएको छ । चैत १० गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ४० हजार ९९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । चैत १० गतेसम्म १ करोड ८८ लाख ५२ हजार ९ सय ७९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क