कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ७ गते)

चैत ७ गते ४१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९ सय ७८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् ।

Promo-01

चैत ७ गते १ सय ४७ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ७ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत ७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ३५ रहेको छ ।

Promo-03

मन्त्रालयका अनुसार चैत ७ गते १ हजार ७ सय ७४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा चार जनालाई कोभिड पुष्टि भएको छ । चैत ७ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ४० हजार ८३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । चैत ७ गतेसम्म १ करोड ८७ लाख ४८ हजार ५ सय ४५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क