कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ५ गते)

चैत ५ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ९ सय ९३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६२ हजार ५ सय ८२ जना निको भएका छन् । चैत ५ गते ४ सय ९ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ५ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत ५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ९५ रहेको छ ।

मन्त्रालयका अनुसार चैत ५ गते २ हजार ५ सय ५० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा नौ जनालाई कोभिड पुष्टि भएको छ । चैत ५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ४० हजार ७० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । चैत ५ गतेसम्म १ करोड ८७ लाख ३ हजार ७ सय २६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क