कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ४ गते)

चैत ४ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ हजार ५ सय ९२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन् । चैत ४ गते ३ सय ९२ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ४ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत ४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय ९६ रहेको छ ।

मन्त्रालयका अनुसार चैत ४ गते ३ हजार ३ सय २२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३९ जनालाई कोभिड पुष्टि भएको छ । चैत ४ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ४० हजार ६१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । चैत ४ गतेसम्म १ करोड ८६ लाख ९८ हजार ५ सय ९५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क