कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १० गते)

मङ्सिर १० गते १ हजार ९ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार २ सय १० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७ हजार ९ सय ९८ जना निको भएका छन् । मङ्सिर १० गते ३ हजार १ सय ४० जना निको भएका छन् भने निको हुनेको दर ९२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १० गतेसम्म १ हजार ३ सय ८९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १६ हजार ६ सय ३९ जनाको उपचार भइरहेको छ । १० हजार १ सय ८४ जना होम आइसोलेशनमा छन् भने ३ सय ४५ जनाको उपचार आइसीयूमा र ६३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ, मुगु र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क