कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १ गते)

चैत १ गते ५७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चैत १ गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४ हजार ७ सय ३४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६१ हजार ३ सय ४८ जना निको भएका छन् । चैत १ गते १ सय ३० जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । चैत १ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७सय ४६ रहेको छ ।
मन्त्रालयका अनुसार चैत १ गते ३ हजार १ सय ५० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २६ जनालाई कोभिड पुष्टि भएको छ । चैत १ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ९ सय ७६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । चैत १ गतेसम्म १ करोड ८५ लाख ४७ हजार ३ सय ४५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क