कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ३० गते)
फागुन २९ गते ५० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ९ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ३० गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३ हजार ५ सय ३९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् । फागुन ३० गते १ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ३० गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ३० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सय १९ रहेको छ ।
मन्त्रालयका अनुसार फागुन ३० गते १ हजार ८ सय ७९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा आठ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ३० गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ९ सय ५० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ३० गतेसम्म १ करोड ८५ लाख २ हजार १ सय १९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा हालसम्म १८ वर्ष भन्दा माथिका ७७.६ प्रतिशतले पूर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु केसीले बताउँनुभयो । १८ वर्ष भन्दा माथिका १ लाख ७५ हजार २ सय ४ जनाले पहिलो मात्रा, १ लाख ६९ हजार १ सय ३८ जनाले दोस्रो मात्रा र २७ हजार ४ सय ५५ जनाले बुस्टर खोप लगाएको उहाँले बताउँनुभयो । १२ देखि १७ वर्ष सम्मका २९ हजार ५ सय ४३ जनाले पहिलो मात्रा, २२ हजार ५ सय ३७ जनाले दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयले जिल्लाका दश ओटै पालिकाका स्वास्थ्य संस्थामा हप्ताको दुई दिन सूचना जारी गर्दै नियमित रुपमा खोप अभियान सञ्चालन गरिरहेको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाको जम्मा जनसङ्ख्याको ६९.५ प्रतिशतले मात्रै कोभिड–१९ विरुद्धको पहिलो डोज प्राप्त गरेका छन् । जिल्लाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ३ सय ४ मध्ये १ लाख २ हजार २ सय १६ जनाले कोभिडविरूद्धको खोप अभियानमा सहभागिता जनाएको स्वास्थ्य कार्यालय पर्वतका कोभिड फोकल पर्सन नारायण रेग्मीले जानकारी दिनुभयो । जस अन्तर्गत पर्वत मा १८ बर्ष माथिका ९७ हजार ९ सय १५ जनालाई पहिलो खोप लगाउने लक्ष्य लिएको भएपनि ८९ हजार ८ सय ८२ ले मात्रै पहिलो डोज प्राप्त गरे भने १८ बर्ष मुनिका १६ हजार ८ सय ३५ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १२ हजार ३ सय ३४ जनाले मात्रै खोप प्राप्त गरेका छन् । खोप प्रति नकरात्मक सन्देश गएका कारण पहिलो चरणको अभियानमा सहभागिता कम भएको र अहिले बिस्तारै खोप प्रति जनचेतना बढ्दै गएको उहाँले बताउनुभयो । पर्वतमा स्थानीय तहसङ्गै स्वास्थ्य कार्यालय र नेपाली सेनाले समेत खोप अभियान सञ्चालन गरिरहेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)
जेठ ६ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ओटा…
एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते
वीरगञ्ज महानगरपालिका वडा नं. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक…
नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप
नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते…
बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना
सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार)…
एमालेका कार्यकर्ता माथि आक्रमण
मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ ५ गते साँझ विजय जुलुस…