कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २८ गते)

फागुन २८ गते ३० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २८ गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार २ सय ३८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६० हजार ८ सय ७८ जना निको भएका छन् । फागुन २८ गते १ सय ९२ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २८ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २८ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५० रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २८ गते २ हजार ८ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४३ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २८ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ९ सय ३६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २८ गतेसम्म १ करोड ८३ लाख ९९ हजार ४ सय ५१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क