कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २७ गते)

फागुन २७ गते ६२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २७ गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार ६ सय ७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६० हजार ६ सय ८६ जना निको भएका छन् । फागुन २७ गते १ सय ८९ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २७ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २७ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय १२ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २७ गते २ हजार ३ सय ७४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १५ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २७ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ८ सय ९३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २७ गतेसम्म १ करोड ८३ लाख ५२ हजार १ सय २१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क