कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २६ गते)

फागुन २६ गते ७७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ७ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २६ गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ८ सय १ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । फागुन २६ गते ४ सय २९ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २६ गतेसम्म ११ हजार ९ सय ४९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २५ र २६ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ४० रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २६ गते २ हजार ५ सय २७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३५ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २६ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ८ सय ७८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २६ गतेसम्म १ करोड ८२ लाख ८७ हजार ६ सय ५७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क