कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ९ गते)
मङ्सिर ९ गते १ हजार ७ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार ८ सय ४३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४ हजार ८ सय ५८ जना निको भएका छन् । मङ्सिर ९ गते २ हजार ७ सय ९१ जना निको भएका छन् भने निको हुनेको दर ९१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ९ गतेसम्म १ हजार ३ सय ६१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १७ हजार ८ सय ५९ जनाको उपचार भइरहेको छ । ६ हजार ५ सय १८ जना होम आइसोलेशनमा छन् भने ३ सय ९३ जनाको उपचार आइसीयूमा र ५७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बागमती प्रदेश
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार त्रिशूली अस्पतालमा कोभिड–१९ पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन कार्य मङ्सिर ९ गतेबाट बन्द भएको छ । हप्तामा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षण गर्दै आएको अस्पतालले स्थानीय तहमार्फत सङ्कलन भएर आएका नमूनाको मात्र परीक्षण गर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अस्पतालले सोझै स्वाब सङ्कलन गर्दा अस्पतालको अन्य सेवा प्रभावित भएको र कोभिड अस्पताल भनेर अन्य बिरामी समेत आउन असहज भएको गुनासो आएपछि प्रदेश सरकारको प्रोटोकल अनुसार स्थानीय तहमार्फत ल्याइएको नमूनाको मात्र परीक्षण गरिने भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले बताउनुभयो । आकस्मिक रूपमा भर्ना भएको, अप्रेशन गर्नु पर्ने तथा ओपीडी सेवामा आएका बिरामीहरूको भने चिकित्सकको सिफारिसमा स्वाब सङ्कलन गरी परीक्षण गरिने अस्पतालले जनाएको छ । जिल्ला अस्पतामा असोज ६ गतेदेखि पीसीआर परीक्षण सेवा सुरू भएको थियो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार मोदी गाउँपालिका–६ तिलाहारको डिमुवा बजार मङ्सिर ९ गतेबाट बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको भन्दै वडास्तरीय निर्णयबाट स्वाब सङ्कलनको नतिजा नआउँदासम्म डिमुवा बजार बन्द गर्ने निर्णय भएको हो । वडा नं. ६ का अध्यक्ष तथा मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार कोभिड–१९ सङ्क्रमणकै कारण मङ्सिर ६ गते डिमुवा बजारका ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिलाई कोभिड सङ्क्रमण भएपछि सो नगरपालिका तीन दिन बन्द हुने भएको छ । जनप्रतिनिधिलाई कोभिड सङ्क्रममण भएपछि सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ तथा पीसीआर परीक्षणकालागि तीन दिनको लागि नगरपालिकाको सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताउनु भयो । नगरपालिकाकाले सूचना प्रकाशित गरी मङ्सिर १० गतेदेखि १२ गतेसम्म नगरपालिका कार्यालय र सम्पुर्ण वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द हुने जनाइएको छ । यो अवधिमा अत्यावश्यक स्वास्थ्य सेवा, प्राकृतिक प्रकोपसम्बन्धी सेवाहरू भने सुचारु हुने प्रवक्ता कुमालले बताउनु भयो ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार स्थानीयमा कोभिड सङ्क्रमण देखिएपछि सदरमुकाम खलङ्गा बजार एक साताका लागि सील गरिएको छ । मङ्सिर ९ गतेदेखि मङ्सिर १५ गतेसम्म खलङ्गा बजार सील गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । शारदा नगरपालिका–२ डाँडागाउँ बजारको जोरपिपलदेखि खलङ्गा बजार मिलन होटल पूर्वका सम्पूर्ण क्षेत्रहरू, खलङ्गा बसपार्कदेखि नेपाल बैङ्क लिमिटेड पूर्वका सम्पूर्ण क्षेत्रहरू सील गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
तामाकोशी गाउँपालिका-७ की २९ वर्षीया बिमला सुनुवारलाई असोज २० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति झपटबहादुर सुनुवारलाई गिरफ्तार गरेको छ । असोज २० गते बिहान घरैमा…
सामुदायिक स्वास्थ्य भवनमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित
लगातारको वर्षाका कारण तामाकोशी गाउँपालिका–५ किर्नेस्थित सामुदायिक स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिक भवनको आधा भाग…
विद्यालय डुबानमा परेपछि पठनपाठनमा समस्या
असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका-५ मुलकोटमा रहेको पशुपति आधारभुत विद्यालय डुबानमा परेको छ । विद्यालय नै पुरेपछि हालसम्म विद्यालयको पठनपनठन प्रभावित भएको छ । विद्यालयको भौतिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बलात्कार घटनामा पर्वत जिल्ला अदालतले १८ वर्ष अघि १३ वर्ष जेल सजायको फैसला सुनाइएका पैयूँ गाउँपालिका-२ का ५८ वर्षीय भिमबहादुर सुनारलाई प्रहरीले १८ वर्षपछि असोज १६ गते गिरफ्तार गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षीय ठूलो बुबालाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई आरोपितले असोज ८ गते यौन…