कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २२ गते)

  ०७८ फागुन २२ गते

फागुन २२ गते ५४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ५ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २२ गते परीक्षण गरिएकामध्ये दुई प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार १ सय ३५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ९३ जना निको भएका छन् । फागुन २२ गते ५ सय ३८ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २२ गतेसम्म ११ हजार ९ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २२ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ६१ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २२ गते १ हजार ७ सय ९४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १४ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २२ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ५ सय ४५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २२ गतेसम्म १ करोड ७८ लाख ७६ हजार २ सय २३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क