कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)

फागुन २१ गते ६७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ४ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २१ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार ६ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन् । फागुन २१ गते ३ सय ६२ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २१ गतेसम्म ११ हजार ९ सय ४५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २१ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय ४७ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २१ गते ३ हजार ५ सय ५८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २४ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २१ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ५ सय ३१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २१ गतेसम्म १ करोड ७८ लाख ४३ हजार ९ सय ८० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क