कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १९ गते)

फागुन १९ गते ७० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार २ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १९ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार ४ सय ४८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन् । फागुन १९ गते ३ सय २० जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १९ गतेसम्म ११ हजार ९ सय ४४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १९ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ५ सय १७ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन १९ गते २ हजार ४ सय ६७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३५ जनालाई कोभिड पुष्टि भएको छ । फागुन १९ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ४ सय ९२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन १९ गतेसम्म १ करोड ७६ लाख ४८ हजार ६० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।

 


अनलाइन डेस्क