कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)

फागुन १८ गते १ सय २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार १ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १८ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४ हजार ६ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५७ हजार ४ सय ८८ जना निको भएका छन् । फागुन १८ गते ३ सय २१ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १८ गतेसम्म ११ हजार ९ सय ४१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १८ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय ७० रहेको छ ।

मन्त्रालयका अनुसार फागुन १८ गते २ हजार २ सय २ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा चार जनालाई कोभिड पुष्टि भएको छ । फागुन १८ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ४ सय ५७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन १८ गतेसम्म १ करोड ७५ लाख ६७ हजार ८ सय २५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क