कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १५ गते)

  ०७८ फागुन १५ गते

फागुन १५ गते ९४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ८ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १५ गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ४ सय ८६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् । फागुन १५ गते ४ सय १५ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १५ गतेसम्म ११ हजार ९ सय ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १५ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय १७ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन १५ गते ३ हजार २ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १७ जनालाई कोभिड पुष्टि भएको छ । फागुन १५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ३ सय २६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन १५ गतेसम्म १ करोड ७४ लाख १९ हजार ३ सय ४४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क