कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)

फागुन १४ गते १ सय १ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १४ गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार २ सय ३९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन् । फागुन १४ गते ५ सय ४० जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १४ गतेसम्म ११ हजार ९ सय ३४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १४ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८ सय ३९ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन १४ गते २ हजार ९ सय १३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ५५ जनालाई कोभिड पुष्टि भएको छ । फागुन १४ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ३ सय ९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन १४ गतेसम्म १ करोड ७३ लाख ८२ हजार १ सय ३८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क