कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १२ गते)

फागुन १२ गते १ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ५ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १२ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार ५ सय ८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५४ हजार ९ सय ३ जना निको भएका छन् । फागुन १२ गते ५ सय ६२ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १२ गतेसम्म ११ हजार ९ सय ३१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १२ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ६ सय ७८ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन १२ गते २ हजार २ सय ३५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ६७ जनालाई कोभिड पुष्टि भएको छ । फागुन १२ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार १ सय ३८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन १२ गतेसम्म १ करोड ७२ लाख ३५ हजार ९ सय ३८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क