कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ११ गते)

फागुन ११ गते २ सय ५६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ११ गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार १ सय ३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५४ हजार ३ सय ४१ जना निको भएका छन् । फागुन ११ गते ९ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ११ गतेसम्म ११ हजार ९ सय ३० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ११ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९० रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ११ गते ३ हजार ५ सय ९० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५६ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ११ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार ९ सय ७१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ११ गतेसम्म १ करोड ७७ लाख ८६ हजार १ सय ३३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क