कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ९ गते)

  ०७८ फागुन ९ गते

फागुन ९ गते २ सय ४७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७५ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ९ गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार २ सय २५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् । फागुन ९ गते १ हजार २ सय ५ जना निको भएका छन् भने निको हुनेको दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ९ गतेसम्म ११ हजार ९ सय २५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ९ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २ सय ८२ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ९ गते २ हजार ९ सय १५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ४१ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ९ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार ७ सय ३८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ९ गतेसम्म १ करोड ८४ लाख ९७ हजार ६ सय ८९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, ललितपुर, कास्की र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क