कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ८ गते)

  ०७८ फागुन ८ गते

फागुन ८ गते २ सय २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७५ हजार ५ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ८ गते परीक्षण गरिएकामध्ये तीन  प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ५ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५१ हजार ३ सय ९४ जना निको भएका छन् । फागुन ८ गते १ हजार ३ सय ३८ जना निको भएका छन् भने निको हुनेको दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ८ गतेसम्म ११ हजार ९ सय २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ८ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २ सय ४४ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ८ गते ३ हजार २ सय ४३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३३ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ८ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार ५ सय ९७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ८ गतेसम्म १ करोड ७६ लाख ६४ हजार ५ सय १६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, ललितपुर, कास्की, र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।

 


अनलाइन डेस्क