कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ७ गते)

फागुन ७ गते १ सय ९८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७५ हजार ३ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ७ गते परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार ५ सय ३८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ५० हजार ५४ जना निको भएका छन् । फागुन ७ गते १ हजार २ सय ७२ जना निको भएका छन् भने निको हुनेको दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ७ गतेसम्म ११ हजार ९ सय १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ७ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३ सय ५७ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ७ गते ३ हजार ५ सय ५८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ५२ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ७ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार ५ सय ६४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ७ गतेसम्म १ करोड ७६ लाख ४० हजार ५ सय २९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, ललितपुर, कास्की, र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क