कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ६ गते)

फागुन ६ गते २ सय ७५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७५ हजार १ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ६ गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार १ सय ३३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ४८ हजार ७ सय ८४ जना निको भएका छन् । फागुन ६ गते २ हजार ४ सय ५४ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ६ गतेसम्म ११ हजार ९ सय १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ६ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४ सय ३५ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ६ गते ३ हजार ९ सय ५८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ६२ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ६ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार ४ सय १२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ६ गतेसम्म १ करोड ६९ लाख ९ हजार ६ सय २६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क