कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ५ गते)

फागुन ५ गते ३ सय ६४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७४ हजार ८ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ५ गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ४६ हजार ३ सय ३० जना निको भएका छन् । फागुन ५ गते १ हजार ९ सय ९३ जना निको भएका छन् भने निको हुनेको दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ५ गतेसम्म ११ हजार ९ सय ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ५ गते ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय १६ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ५ गते २ हजार ७ सय ६१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ६ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार २ सय ५० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ५ गतेसम्म १ करोड ६८ लाख २६ हजार ८ सय ५१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क