कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ४ गते)

फागुन ४ गते ४ सय ५४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७४ हजार ४ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ४ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ७ सय ८२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ४४ हजार ३ सय ३७ जना निको भएका छन् । फागुन ४ गते १ हजार ६ सय जना निको भएका छन् भने निको हुनेको दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ४ गतेसम्म ११ हजार ९ सय ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन ४ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ५१ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन ४ गते २ हजार ९ सय ७४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ८५ जनालाई कोभिड पुष्टि भएको छ । फागुन ४ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३८ हजार ४४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन ४ गतेसम्म १ करोड ६७ लाख ३ हजार ३ सय ८६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।

 


अनलाइन डेस्क