कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २ गते)

फागुन २ गते ४ सय ८२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २ गते परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार २ सय ७९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ४० हजार ९ सय २ जना निको भएका छन् । फागुन २ गते २ हजार ३ सय १९ जना निको भएका छन् भने निको हुनेको दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २ गतेसम्म ११ हजार ९ सय जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २ गते आठ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ३९ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २ गते २ हजार ४ सय १७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ६५ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३७ हजार ६ सय ७७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २ गतेसम्म १ करोड ६५ लाख २५ हजार १ सय ५५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क