कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १ गते)

  ०७८ फागुन १ गते

फागुन १ गते ४ सय २७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७३ हजार ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ३७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ३८ हजार ५ सय ८३ जना निको भएका छन् । फागुन १ गते ३ हजार ९ सय ३५ जना निको भएका छन् भने निको हुनेको दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १  गतेसम्म ११ हजार ८ सय ९२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १ गते १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५ सय ८४ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन १ गते ४ हजार ७८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९४ जनालाई कोभिड पुष्टि भएको छ । फागुन १ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३७ हजार ४ सय १२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन १ गतेसम्म १ करोड ६३ लाख ५७ हजार ९ सय ७७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँक र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।

 


अनलाइन डेस्क