कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २९ गते)

माघ २९ गते ४ सय ९१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २९ गते परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार २ सय ६० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । माघ २९ गते १ हजार ८ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २९ गतेसम्म ११ हजार ८ सय ८२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २९ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १ सय २ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २९ गते २ हजार ३ सय ९४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ४५ जनालाई कोभिड पुष्टि भएको छ । माघ २९ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३७ हजार ३ सय १८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २९ गतेसम्म १ करोड ६३ लाख २४ हजार ९ सय ७९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क