कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २७ गते)

माघ २७ गते १ हजार १३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७१ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २७ गते परीक्षण गरिएकामध्ये ११ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८ सय ८० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन् । माघ २७ गते २ हजार २ सय ३८ जना निको भएका छन् भने निको हुनेको दर ९५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २७ गतेसम्म ११ हजार ८ सय ६४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २७ गते १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४ रहेको छ ।

Corona Infographics 2078-10-27 Nepali

मन्त्रालयका अनुसार माघ २७ गते ३ हजार ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ५६ जनालाई कोभिड पुष्टि भएको छ । माघ २७ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३६ हजार ५ सय ११ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २७ गतेसम्म १ करोड ६० लाख ७१ हजार २ सय २६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क