कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २६ गते)

  ०७८ माघ २६ गते

माघ २६ गते १ हजार ८ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७० हजार ४ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २६ गते परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ६ सय ३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख २८ हजार ३ सय ६९ जना निको भएका छन् । माघ २६ गते ७ हजार ७ सय ७७ जना निको भएका छन् भने निको हुनेको दर ९५.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २६ गतेसम्म ११ हजार ८ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २६ गते १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार २ सय ४१ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २६ गते ४ हजार ७ सय ५३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५ सय ५० जनालाई कोभिड पुष्टि भएको छ । माघ २६ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३६ हजार १ सय ५५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २६ गतेसम्म १ करोड ५९ लाख ३२ हजार ४१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क