कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २५ गते)

माघ २५ गते १ हजार १ सय ८४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६८ हजार ६ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २५ गते परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ५ सय ८७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख २० हजार ५ सय ९२ जना निको भएका छन् । माघ २५ गते ५ हजार १ सय ३ जना निको भएका छन् भने निको हुनेको दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २५ गतेसम्म ११ हजार ८ सय ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २५ गते ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार १ सय ८१ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २५ गते ४ हजार १ सय ५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७ सय ७३ जनालाई कोभिड पुष्टि भएको छ । माघ २५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३५ हजार ६ सय ५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २५ गतेसम्म १ करोड ५८ लाख १ हजार ७ सय ३४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क