कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २४ गते)

माघ २४ गते १ हजार २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६७ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २४ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८ सय ७४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख १५ हजार ४ सय ८९ जना निको भएका छन् । माघ २४ गते ६ हजार १ सय ४६ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २४ गतेसम्म ११ हजार ८ सय २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २४ गते १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १ सय ११ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २४ गते ३ हजार ४ सय ९१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५ सय ४८ जनालाई कोभिड पुष्टि भएको छ । माघ २४ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३४ हजार ८ सय ३२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २४ गतेसम्म १ करोड ५६ लाख २६ हजार ५ सय ९४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार माण्डवी गाँउपालिमा कार्यरत कर्मचारीहरूमा कोभिड सङ्क्रमण पुष्टि भएपछि०७८ माघ २२ गतेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू बन्द गरिएका छन् । माण्डवी गाँउपालिका कार्यालयमा कार्यरत पाँच जना कर्मचारीमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीहरूमा पनि मिल्दो जुल्दो लक्षण देखिएकोले माघ २१ गते को गाँउपालिकाको निर्णय अनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू बन्द गरिएको माण्डवी गाँउपालिका निमित प्रमुख प्रशासकीय अधिकृत हेमराज आचार्यले बताउनु भयो । हाल जिल्लामा  २ सय ३ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्कल श्रेष्ठले बताउनु भयो ।


अनलाइन डेस्क