कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २३ गते)

माघ २३ गते १ हजार १ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६६ हजार ४ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २३ गते परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४ सय ४३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ९ हजार ३ सय ४३ जना निको भएका छन् । माघ २३ गते ८ हजार ७ सय ४ जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २३ गतेसम्म ११ हजार ८ सय १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २३ गते ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४५ हजार २ सय ४८ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २३ गते २ हजार ८ सय ८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ३ जनालाई कोभिड पुष्टि भएको छ । माघ २३ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३४ हजार २ सय ८४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २३ गतेसम्म १ करोड ५५ लाख २४ हजार ७ सय ८४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला अदालत पर्वतले माघ २२ गते सूचना जारी गर्दै माघ २३ गतेदेखि माघ २८ गते सम्म अदालतबाट हुने सेवा संकोचन भएको जानकारी दिएको छ । जिल्ला अदालत पर्वतका श्रेष्तेदार रामबहादुर थापाले सूचना जारी गर्दै अदालतका कर्मचारीमा समेत कोभिड –१९ को सङक्रमण देखिएको र सेवाग्राहीमा समेत सो को प्रभाव पर्न सक्ने भन्दै अत्यावश्यक बाहेकका नियमित सेवाहरु बन्द भएको जानकारी दिनुभएको छ ।


अनलाइन डेस्क