कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २२ गते)

माघ २२ गते १ हजार १ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६५ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २२ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार २ सय २५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६ सय ३९ जना निको भएका छन् । माघ २२ गते ४ हजार ७ सय ७१ जना निको भएका छन् भने निको हुनेको दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २२ गतेसम्म ११ हजार ८ सय ३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २२ गते नौ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७ सय ८० रहेको छ ।

Corona Infographics 2078-10-22 Nepali

मन्त्रालयका अनुसार माघ २२ गते ३ हजार २ सय ८८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ सय ११ जनालाई कोभिड पुष्टि भएको छ । माघ २२ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३४ हजार ८१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २२ गतेसम्म १ करोड ५४ लाख ८२ हजार ८७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी छन् ।


अनलाइन डेस्क