कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २० गते)

माघ २० गते २ हजार ७ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६२ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २० गते परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार २६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ८७ हजार ४ सय ४३ जना निको भएका छन् । माघ २० गते ८ हजार ७ सय २३ जना निको भएका छन् भने निको हुनेको दर ९२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २० गतेसम्म ११ हजार ७ सय ७८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २० गते १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २ सय ९६ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २० गते २ हजार ५ सय ७९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ३३ जनालाई कोभिड पुष्टि भएको छ । माघ २० गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३२ हजार ५ सय ४६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २० गतेसम्म १ करोड ४९ लाख २७ हजार ८ सय ९८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क