कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १७ गते)
माघ १७ गते ३ हजार ४ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ५३ हजार ९ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १७ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ३ सय ६८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ६२ हजार ८ सय ९८ जना निको भएका छन् । माघ १७ गते ८ हजार १ सय ९१ जना निको भएका छन् भने निको हुनेको दर ९०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १७ गतेसम्म ११ हजार ७ सय ४३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १७ गते आठ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २ सय ७२ रहेको छ ।
मन्त्रालयका अनुसार माघ १७ गते ५ हजार ७ सय २० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ हजार ८ सय २० जनालाई कोभिड पुष्टि भएको छ । माघ १७ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २८ हजार ७ सय ५५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १७ गतेसम्म १ करोड ४२ लाख ४ हजार २ सय ७० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्ला अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ १६ गतेदेखि माघ १८ गते सम्म अस्पतालको इमरजेन्सी बाहेकका अन्य स्वास्थ्य सेवाहरू बन्द गरिएको छ । कोभिड सङ्क्रमित बढ्दै गएपछि आइसोलेशनमा राख्नु पर्ने बिरामीहरूलाई मध्यनजर गर्दै इमरजेन्सी बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार यातायात व्यवस्था कार्यालय झापाका अधिकांश कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ १६ गतदेखि माघ २० गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगन गरिएको कार्यालयका निमित्त प्रमुख गोपीचन्द्र बोहोराद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले माघ १७ गते राति १२ वजेबाट माघ २९ गते रातिको १२ बजेसम्म लागु हुने निषेध आदेश जारी गरेको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोभिड–१९ सङ्क्रमणको जेखिम कायम रहेको भन्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले माघ १६ गते सूचना जारी गर्दै माघ १७ गते देखि माघ २१ गतेसम्म पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिनुभएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले माघ १७ गते आदेश जारी गर्दै माघ २९ गतेसम्म विद्यालय सञ्चालन नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी आदेशमा माघ मसान्तसम्म विद्यालय, विश्व विद्यालय, कलेज, ट्युशन सेन्टर वा अन्य सम्पूर्ण शैक्षिक क्रियाकलापहरु माघ मसान्तसम्म भौतिक रुपमा सन्चालन गर्न रोक लगाउनुभएको छ ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा कोभिड सङ्रक्रमण बढदै गएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको माघ १७ गते बसेको बैककले कोभिड रोकथाम तथा नियन्त्रण गर्नका लागि माघ ३१ गतेसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले बताउनु भयो । नेपाल सरकारको निणर्य अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम, गोष्ठीलगायतका कार्यहरु माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने परिपत्र अनुसार निर्णय गरिएको र शैक्षिक क्रियाकलाप भर्चुओल वा बैकल्पिक शिक्षण सिकाइको विधिबाट सञ्चालन गर्न स्थानीय तहलाई परिपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनु भयो ।
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि माघ १७ गते राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु हुने जनाएको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र सङ्क्रमक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो । जिल्ला सञ्चालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके हाटबजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म सञ्चालन नगर्न र विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न र शैक्षिक क्रियाकलापहरु भर्चुओल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…